१४ वर्षसम्म पुल निर्माणको काम अधुरै

२०८१ माघ १ गते मंगलवार
सारांश
  • नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लएको हो ।

रौतहट :  सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ । पुल निर्माणको काम थालेको करीब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ ।


नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लएको हो । २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए । 


उनका अनुसार पुल बनेपछि  बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ । अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए । 


तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज हुने उनको भनाइ छ । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ । अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


माधवकुमार नेपालले  शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार